काठमाडौँ । २०८२ साल श्रावण १९गते सोमबार तदनुसार ४ अगस्ट २०२५ । दशमी तिथी ११ घडी ५ पला उप्रान्त एकादशी तिथी प्रारम्भ हुनेछ । अनुराधा नक्षत्र ८ घडी ४ पला उप्रान्त ज्येष्ठा नक्षत्र प्रारम्भ हुनेछ । ब्रह्म योग बब करण आज बिहान सूर्योदय ५:२९ मा भयो भने सूर्यास्त साँझ ६:४९ मा हुनेछ। आज सोमबार चन्द्रमा बृश्चिक राशिमा
मेष राशि
बाेलीको प्रभाव बढेर जानेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ। ठूला व्यक्तिहरूको प्रशंसानीय भइनेछ। आफन्तबाट सरसहयोग प्राप्त हुनाले मनमा उत्साह बढेर जाने देखिन्छ।
वृष राशि
दौडधुपमा समय व्यतित हुने देखिन्छ । अध्ययन अध्यापनमा बाधा आउनेछ। सामाजिक काममा विवादको सामना गर्नुपर्ने देखिन्छ । बोलीमा कठोरता आउनाले मनमा चिन्ता बढ्ने देखिन्छ।
मिथुन राशि
व्यापार व्यवसायमा सफलता मिल्नेछ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन्। शैक्षिक कार्यमा सफलता मिल्ने देखिन्छ । दाजुभाइको सरसहयोगले काममा वृद्धि भएर जाने देखिन्छ ।
कर्कट
मानसम्मानमा कष्टता आउनेछ । लेखन शैलीमा कमी आउनेछ। दाजुभाइमा मनमुटावको सिर्जना हुनेछ। चर्मसम्बन्धी रोगले सताउनुका साथै अनावश्यकरूपमा खर्चको मात्रा बढेर जानेछ।
सिंह राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । पारिवारिक कलह बढेर जानेछ । राज्यपक्षबाट केही कष्टता पाउनका साथै शेयर कारोबारमा उत्तरचढाव आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
कन्या राशि
कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । विद्या क्षेत्रमा सुधार भएर जानेछ। नयाँ कार्यको थालनी हुनेछ । व्यापार व्यवसायमा थप लगानी गरिने योग रहेको देखिन्छ ।
तुला राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । पतिपत्नीबीच माधुर्यता छाउनेछ। पशु तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। नयाँ कार्यको थालनी हुने देखिन्छ ।
वृश्चिक राशि
काममा ढिला सुस्ती भएर जानेछ। अनावश्यक विवादको मात्र बढेर जानेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ मानसम्मानमा आघात पुग्ने देखिन्छ।
धनु राशि
आयआर्जनमा कमी आउनेछ । गरिरहेको काममा बाधा आउनका साथै मात्रै स्वास्थ्यमा उतारचढाव आउनेछ। धार्मिक कार्यमा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ ।
मकर राशि
पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ। बोलीमा मिठास छाउनेछ। पारिवारिक जमघटमा समय व्यतीत हुनेछ । आयमा वृद्धि हुनाका साथै प्रेमी प्रेमीकाबीच माधुर्यता छाउनेछ।
कुम्भ राशि
वैदेशिक कार्यमा सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन्।
मिन राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। पतिपत्नीबीच सानो कुरामा पनि विवादको सामना गर्नुपर्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । पठनपाठनमा पनि बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया