काठमाडाैँ । २०८२ साल श्रावण १६ गते शुक्रबार । तदनुसार १ अगस्ट २०२५ अष्टमी तिथी अहोरात्र घडी २९ पला उप्रान्त अष्टमी तिथी प्रारम्भ हुनेछ। स्वाति नक्षत्र ५१ घडी १९ पला उप्रान्त बिशाषा नक्षत्र प्रारम्भ हुनेछ। साध्य योग भर करण आज बिहान सूर्योदय ५:२७ मा भयो भने सूर्यास्त साँझ ६:५१ मा हुनेछ। आज शुक्रबार चन्द्रमा तुला राशिमा
मेष राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ कार्यको थालनी हुने देखिन्छ। लेखनशैलीमा तीव्रता आउने योग छ । पारिवारिक सरसहयोगले लामो दुरीको यात्राको योग रहेको छ। पठनपाठनमा सफलता मिल्नेछ।
वृष राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्नेछ । शैक्षिक क्षेत्रमा बाधा आउने देखिन्छ। न्यायिक कार्यमा बाधा आउनुका साथै मातृस्वास्थ्यमा उतारचढाव आउनाले मानसिक तनाव बढेर जानेछ।
मिथुन राशि
स्थायी सम्पत्तिमा लाभ मिल्नेछ । कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ। बोलीमा मिठास छाउनेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ।
कर्कट राशि
सामाजिक काममा समय व्यतीत भएर जानेछ । लेखनशैलीमा तीव्रता आउने देखिन्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नाले सबैको विश्वास जित्न सकिनेछ।
सिंह राशि
संचित धनमा बृद्धि भएर जानेछ । कृषि तथा चौपायाबाट मनग्य लाभ लिन सकिनेछ। शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। पतिपत्नीबीचमा भने केही उतारचढाब आउने देखिन्छ।
कन्या राशि
धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग छ । व्यवसायमा प्राप्त सफलताले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ। लेखन शैलीमा तीव्रता आउने योग देखिन्छ ।
तुला राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। विलासिताका सामनामा खर्चको मात्रा बढेर जानेछ। शरीर शिथिलताको अनुभव हुनेछ। विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ। ।
वृश्चिक राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । अधुरा कामहरू पूरा भएर जानेछन्। मनोरञ्जनमा समय व्यतित भएर जानेछ। आफ्नो लगनशीलता देखेर ठूलो व्यक्तिले पनि प्रशंसा गर्न थाल्नेछन्।
धनु राशि
थोरै कुरामा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ। आफन्तमा बैरभाव आउनेछ। अनावश्यक वादविवादको सिर्जना हुनुका साथै अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ।
मकर राशि
लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनेछन्। अनावश्यक विवादको अन्त्य भएर जानेछ। इलेक्ट्रिक सामानबाट राम्रै आम्दानी गर्न सकिने देखिन्छ ।
कुम्भ राशि
दाम्पत्य जीवनमा कलह बढेर जानेछ । अनावश्यक खर्चको मात्रा बढ्नुका साथसाथै पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ ।
मीन राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनाले सबैको प्यारो बनिने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया