बीपीले नेपाली जनतालाई रैतीबाट मालिक बनाउनु भयोः दीपक खड्का

334 Shares

काठमाडौं । ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री एवं नेपाली काँग्रेसका नेता दीपक खड्काले बीपी कोइरालाले नेपाली जनतालाई रैतीबाट मालिक बनाउने काम गर्नुभएको बताउनुभएको छ।

बीपी संग्रहालय सुन्दरीजलमा मंगलबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बीपीले नेपाली काँग्रेसको नेताको रुपमा लामो संघर्ष गर्नुभएको परिणामतः अहिलेको व्यवस्था आएको बताउँदै उहाँले विश्वेश्वरप्रसाद कोइरालाले नेपालको माटो छोएर प्रतिपादन गर्नुभएको सिद्धान्त सहज रहेको र सबैले बुझ्ने किसिमको रहेको बताउनु भयो ।  

मन्त्री खड्काले देशलाई ऐक्यबद्धता गर्ने प्रयासमा नै आफ्नो जीवन गुमाउनुपरेको बताउनु भयो ।