काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शशांक कोइरालाले पूर्व—पश्चिम राजमार्गको कल्पना विश्वेश्वरप्रसाद कोइरालाले गर्नुभएको बताउनुभएको छ।
बीपी संग्रहालय सुन्दरीजलमा मंगलबार बीपी स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजा महेन्द्रले राजमार्गको निर्माण गर्नुभएपनि कल्पना बीपीको रहेको बताउनु भयो ।
अहिले देश धेरै विकसित भइसकेको भन्दै अझै परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो । नेपालमा जनताको सेवाको लागि सबैभन्दा धेरै काम गर्ने व्यक्ति बीपी भएको दाबी गर्दै देशको लागि बीपीले गर्नुभएको काम जति अरु कसैले पनि गर्न नसकेको बताउनु भयो ।
सांसद कोइरालाले विकासका लागि बीपी कोइरालाले धेरै काम गर्नुभएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया