आज पनि बस्दै एमाले केन्द्रीय कमिटी बैठक

335 Shares

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । सोमबारदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठक आज समापन हुने बताइएकाे छ । 

बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । प्रत्येक केन्द्रीय सदस्यलाई तीन-तीन मिनेट बोल्ने समय दिइएको छ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै यही बैठकबाट निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन् ।