काठमाडौँ । टर्किएले रोमन सम्राट र दार्शनिक मार्कस अरेलियसको मूर्ति देशबाट तस्करी भएको ६५ वर्षपछि सफलतापूर्वक फिर्ता ल्याएको संस्कृति तथा पर्यटन मन्त्री मेहमेट नुरी एरसोयले बताउनुभएको छ ।
प्राचीन मूर्ति चाँडै नै अंकारामा एक विशेष प्रदर्शनीमा जनताको लागि अनावरण गरिने बताइएको छ । १९६० को दशकमा दक्षिणपश्चिमी टर्किएको प्राचीन शहर बोबोनबाट लुटिएको यो मूर्ति दशकौंदेखि संयुक्त राज्य अमेरिकामा प्रदर्शनमा थियो ।
न्यूयोर्क म्यानहट्टन जिल्ला न्यायाधिवक्ताको कार्यालय र अमेरिकी गृह सुरक्षा विभागसँगको सहकार्यमा यो पुनर्प्राप्ति गरिएको थियो । यो फिर्ता टर्कीको सांस्कृतिक सम्पदा पुनः प्राप्त गर्ने व्यापक प्रयासको एक हिस्सा हो । विगत सात वर्षमा ८ हजार ९ सय ६७ ऐतिहासिक कलाकृतिहरू स्वदेश फिर्ता गरिएको छ । सिन्ह्वा
फेसबुकबाट तपाईको प्रतिक्रिया