काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिमालय क्षेत्रमा देखिएको जलवायु परिवर्तनको असर न्युनिकरण र आदिवासी जनजातिका आवश्यकता सम्बोधनका लागि सरकार गम्भीररूपमा अघि बढ्ने बताउनुभएको छ ।
शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । बढ्दो तापक्रम वृद्धिका कारण हिमालहरु पग्लिन थालेको उल्लेख गर्दै उहाँले हिमालको संरक्षणमा सरकारको ध्यान जानु जरुरी रहेको बताउनु भयो ।
संस्कृति मन्त्रालयको नेतृत्वमा रहँदा आदिवासी जनजातिका आवश्यकता सम्बोधन हुनेगरी नीति, कानुन र संरचना तयार पार्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सबै समूदायको संस्कृति र सभ्यता संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको पनि बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया