गठबन्धन पूरा समय टिक्छ, कुनै समस्या छैनः देउवा

340 Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) सँगको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गर्नुभएको छ । 

केन्द्रीय समितिको बैठकमा समापन मन्तब्य दिने क्रममा सञ्चारकर्मीसँग गठबन्धनबारे बाहिर आए जस्तो केही पनि नभएको स्पष्ट पार्नुभयो। दुई ठूला पार्टी मिलेर गठबन्धन बनाउँदा  स–साना समस्या आउनु स्वाभाविक भएको बताउँदै उहाँले सबै समस्या छलफल गरेर  समाधान गर्न सकिने बताउनु भयो । 

संविधानको व्यवस्थाले कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले गठबन्धन सरकार अपरिहार्य रहेको बताउनुभयो । वर्तमान गठबन्धन पूरा समय टिक्ने सभापति देउवाले ठोकुवा गर्नुभयो। । गठबन्धनमा आएका सबै विषय  सल्लाह र सहमतिमा अघि बढाउने बताउनु भयो ।