311
Shares
काठमाडाैँ । नेकपा एमालेका सांसद भीमप्रसाद आचार्यले कानूनहरु फास्ट ट्रयाकमै बनाउनुपर्ने बताउनुभएको छ।
शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा विधेयक ल्याउने प्रतिबद्धता गरेका विधेयकहरु चालु अधिवेशनबाटै पारित गर्नुपर्ने धारणा राख्नुभयो । पास हुन नसकेका र महत्वपूर्ण रहेका विधेयकहरु अध्यादेशमार्फत ल्याउनुपर्ने माग गर्दै उहाँले वर्षौंसम्म कानूनविहीन ढंगले मुलुकलाई बन्धक बनाउन नसकिने र नमिल्ने बताउनु भयो ।
सांसद आचार्यले कानून पूर्णरुपमा राम्रो बनाउनुपर्ने बताउनु भयो । छिटो गर्ने नाममा छलफल नै नगरी लैजान नमिल्ने उहाँकाे भनाइ थियाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया