काठमाडाैँ । २०८२ साल आषाढ १९ बिहीबार । तदनुसार ३ जुलाइ २०२५ । अष्टमी तिथी २४ घडी १५ पला उप्रान्त नवमी तिथी प्रारम्भ हुनेछ । हस्ता नक्षत्र २५ घडी २७ पला उप्रान्त उत्तर चित्रा प्रारम्भ हुनेछ । शिव योग बयब करण आज बिहान सूर्योदय ५ः१४ मा भयो भने सूर्यास्त ७:२ मिनेटमा हुनेछ। आज बिहीबार चन्द्रमा कन्या राशिमा ।
मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा आएको सुधारले काममा केही प्रगति भएर जानेछ। अनावश्यक विवादको अन्त्य भएर जानेछ । मान सम्मानमा वृद्धि भएर जानेछ।
वृष राशि
पारिवारिक सरसहयोग पाइने योग छ । आफन्तको सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुनाले सबैको प्यारो बनिनेछ । लेखन शैलीमा तीव्रता आउनाले मनमा खुसी छाउनेछ।
मिथुन राशि
धर्मकर्मतर्फ मन जानेछ। बोलीमा सुधार भएर जानेछ । जग्गा जमिनसम्बन्धी काममा सफलता पाइने योग छ। स्वास्थ्यमा सुधार भएर जानेछ। आर्थिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ।
कर्कट राशि
काममा ढिला सुस्ती भएर जानेछ । सामाजिक कार्यमा बाधा आउनेछ। झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। गरिरहेको काममा बाधा आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर गएकोले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। व्यापारमा घाटा हुनाले मनमा चिन्ता बढेर जानेछ शैक्षिक कार्यमा बाधा आउने देखिन्छ।
कन्या राशि
मानसम्मानमा वृद्धि भएर जानेछ । पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतीत हुने देखिन्छ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । साझेदारी काममा सफलता मिल्ने देखिन्छ।
तुला राशि
पैत्रिक सम्पत्तिमा वादविवादको सामना गर्नुपर्नेछ। झुटा आरोपको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ। लेखन शैलीमा तीव्रता आउनेछ । आर्थिक क्षेत्रमा बाधा आउने देखिन्छ।
वृश्चिक राशि
आयआर्जनमा वृद्धि भएर जानेछ । आफन्तबाट सरसहयोग मिल्नाले नयाँ कार्यको थालनी हुनुका साथै सामाजिक कार्यमा सहभागी हुने अवसर जुट्नाले मनमा उत्साह बढेर जानेछ।
धनु राशि
आयमा कमी हुनुका साथै बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको छ। स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनु होला।
मकर राशि
यात्रामा बाधा आउने छ । अर्काले गरेका गल्तीको आफूले सजाय भोग्नुपर्ने देखिन्छ। कुरा काट्नेहरु सक्रिय रहनेछन् । मानसम्मानमा आघात पुग्नुका साथै लेनदेनमा विवाद आउनेछ।
कुम्भ राशि
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ र धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको छ। आध्यात्मिक कार्यमा मन जानेछ । सरकारी जागिरको योग रहेको छ। नयाँ साथीको आगमनले मनमा खुसी छाउने छ।
मीन राशि
बोलीको प्रभाव बढेर जानेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । सामाजिक उत्तरदायित्व बढ्ने देखिन्छ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनाले मनमा खुसी छाउने छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया