देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छः काँग्रेस नेता आचार्य

291 Shares

काठमाडाैँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले मुलुकलाई तीब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताउनुभएको छ।

बुधबार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्रीको खाँचो रहेको उहाँको टिप्पणी छ । 

देशमा लोकतन्त्रको लडाइँ बाँकी नरहेकोले आर्थिक एजेण्डालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विश्व अर्थतन्त्रको हिसाबले छिमेकी देशहरु चीन र भारत क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेको उल्लेख गर्दै नेपालले अनावश्यक बहसमा अल्झिनु नहुने बताउनु भयो । आर्थिक सुधार र  रोजगारी सिर्जना सरकारको प्रमुख प्राथमिकता हुनुपर्ने उहाँको भनाइ छ ।