२०८२ साल आषाढ १८ बुधबारः यस्ताे छ आजकाे राशिफल

291 Shares

काठमाडौँ । २०८२ साल आषाढ १८ बुधबार । तदनुसार २ जुलाइ २०२५ ।  सप्तमी तिथी  १८ घडी ८ पला उप्रान्त अष्टमी  तिथी प्रारम्भ  हुनेछ । उत्तर फाल्गुणी नक्षत्र १६ घडी ५ पला उप्रान्त उत्तर हस्ता प्रारम्भ हुनेछ । बज्र योग भर करण । आज बिहान सूर्योदय ५ः१३ मा भयो भने सूर्यास्त ७:२ मिनेटमा हुनेछ। आज बुधबार चन्द्रमा कन्या राशिमा ।

मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ। कार्यमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कने देखिन्छ ।

वृष राशि
पारिवारिक कलह बढेर जानेछ । अनावश्यकरूपमा खर्च बढ्नेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुका साथै शेयर कारोबारमा समेत घाटा व्यहोर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।

मिथुन राशि
आर्थिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ । व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा खुसी छाउनेछ।

कर्कट राशि
काममा वृद्धि भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। वैदेशिक कार्यमा सामेल हुने अवसर जुट्नेछ। लेखनशैलीमा तीव्रता आउनुका साथै ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। 

सिंह राशि
मानसम्मानमा आघात पुग्नेछ । चोटपटकको सामना गर्नुपर्ने देखिन्छ । कृषि तथा चौपायबाट घाटा बेहोर्नु पर्नेछ। लेखनशैलीमा बाधा आउनुका साथै झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ। 

कन्या राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बौद्धिक कार्यमा वृद्धि भएर जानेछ । सामाजिक काममा सुधार भएर जानेछ। शृंगारतर्फ मन जानाले सबैको विश्वास जित्न सकिनेछ। 

तुला राशि
आयमा कमी बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ । धार्मिक कार्यमा वाधा आउनुका साथै सानोतिनो कुरामा मनमुटावको सृजना हुने योग देखिन्छ ।

वृश्चिक राशि
पारिवारिक सम्बन्धमा वृद्धि भएर जानेछ । न्यायिक कार्यमा सफलता प्राप्त हुनाले मनमा उत्साह बढ्नुका साथै मिष्ठान्न भोजनको अवसर जुट्नाले मनमा खुशी छाउनेछ ।

धनु राशि
गरिरहेको काममा अपजसको सामना गर्नुपर्नेछ । बोलीमा छुद्रता आउनेछ । अनावश्यक खर्चको मात्रा बढेर जानेछ । स्थायी सम्पत्तिमा वादविवादको सृजना हुनाले मनमा खिन्नता छाउनेछ ।

मकर राशि
खर्चको मात्रा बढेर जानेछ । अनावश्यक विवादको सामना गर्नुपर्नेछ । कुरा काट्नेहरु सक्रिय रहनेछन् । स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनु होला ।

कुम्भ राशि
दाजुभाइको सहयोगले नयाँ कार्यको थालनी हुनेछ । व्यवसायमा सफलता पाइने योग छ । न्यायीक काममा तपाईंकै जित हुनेछ । अनावश्यक विवादको अन्त्य भएर जाने देखिन्छ ।

मीन राशि
साझेदारी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । जग्गा जमिनमा सफलता पाइने योग छ । पारिवारिक सरसहयोगले गर्दा अधुरा कामहरु पूरा भएर जानेछन् ।