परराष्ट्रमन्त्री राणा र एफएओका महानिर्देशक डोङयूबीच भेटवार्ता

312 Shares

काठमाडाैं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र एफएओ महानिर्देशक डा.क्व डोङयूबीच रोममा फलदायी भेटवार्ता भएको छ।

इटालीको रोममा आयोजित खाद्य तथा कृषि संगठन (FAO) को ४४औँ महासभाको अवसरमा महामहिम डा. क्व डोङयू, खाद्य तथा कृषि संगठनका महानिर्देशकसँग भेटवार्ता सम्पन्न भएकाे हाे ।

WhatsApp Image 2025-07-01 at 18.27.41.jpeg

खाद्य तथा कृषि संगठनले विगतदेखि नै विश्वव्यापीरुपमा पोषण, खाद्य सुरक्षाको सुधार तथा विशेषगरी नेपालजस्तो कृषि प्रधान देशमा कृषि सम्भावनाको पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। नेपालले पनि खाद्य तथा कृषि संगठनको निरन्तर सहयोगप्रति उच्च मूल्याङ्कन गर्दै आएको छ।

यस भेटवार्तामा नेपालले खाद्य तथा कृषि संगठनसँगको सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै, महामहिम डा. डोङयूको कार्यकालमा दुई पक्षीय साझेदारीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

WhatsApp Image 2025-07-01 at 18.29.38.jpeg

नेपालको कृषि क्षेत्रको दीगो विकास र खाद्य सुरक्षाका लागि खाद्य तथा कृषि संगठनको प्राविधिक तथा नीतिगत सहयोग आगामी दिनहरूमा अझ महत्वपूर्ण रहने विश्वास व्यक्त गरिएको छ।