कुलिङ पिरियडमा भएको चलखेल क्षम्य छैनः शेखर कोइराला

289 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सांसद डा.शेखर कोइरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य गर्न लायक नरहेको बताउनुभएको छ। 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको बताउनु भयो ।  संसदको समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभइ अक्षम्य अपराध भएको बताउनु भयो । 

गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्नुभयो । कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कुटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानूनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी  व्यवस्था गरीएको छ। यसको चौतर्फि आलोचना भइरहेको छ। 

सांसद कोइरालाले राजनीति गर्ने क्रममा निष्ठावान हुन जरुरी रहेको भन्दै अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालाई ठिक बनाउन राजनीति नै सबैको गुरु भएको बताउनु भयो। नेपालका राजनीतिज्ञहरु नै ठिक नभएको बताउँदै राजनीति ठिक हुनु जरुरी रहेको उहाँकाे भनाइ थियाे ।