काठमाडौं । २०८२ साल आषाढ १६ गते सोमबार । तदनुसार ३० जुन २०२५ । पञ्चमी तिथी १६ घडी ५० पला उप्रान्त षष्ठी तिथी प्रारम्भ हुनेछ । मघा नक्षत्र १३ घडी ६ पला उप्रान्त पूर्व फाल्गुणी प्रारम्भ हुनेछ । सिद्व योग कौलव करण आज बिहान सूर्योदय ५ः१२ मा भयो भने सूर्यास्त ७:२ मिनेटमा हुनेछ। आज सोमबार चन्द्रमा सिंह राशिमा ।
मेष राशि
आफन्तमा वादविवादको सामना गर्नुपर्नेछ । बोलीमा कठोरता आउनेछ। पारिवारिक बेमेलको सिर्जना हुने देखिन्छ । वैदेशिक कार्यमा बाधा आउनुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ।
वृष राशि
मानसम्मानमा वृद्धि भएर जानेछ । बोलीमा मिठास आउनेछ। आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। पारिवारिक सहयोग मिल्ने देखिन्छ।
मिथुन राशि
अधुरा काम पूरा भएर जानेछन् । पारिवारिक सरसहयोग पाइने योग छ। वैदेशिक कार्यबाट प्रशस्त लाभ लिन सकिनेछ। शेयर कारोबारबाट प्राप्त सफलताले मनमा खुसी छाउने छ।
कर्कट राशी
मानसम्मानमा आघात पुग्ने देखिन्छ न्यायकार्यमा बाधा आउनेछ। सञ्चित धनको नाश हुनुका साथै लेखन शैलीमा कमी आउनाले मानसिक तनाव बढेर जाने देखिन्छ।
सिंह राशि
न्यायिक कार्यमा सफलता पाइने योग छ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
कन्या राशि
अपजसको सामना गर्नुपर्ने देखिन्छ । बोलीमा कठोरता आउने देखिन्छ। अनावश्यक खर्च बढेर जानेछन् । स्थायी सम्पत्तिमा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
तुला राशि
झुट्टा आरोपको सामना गर्नुपर्ने देखिन्छ । शैक्षिक क्षेत्रमा बाधा हुनेछ । विश्वास गरेका साथीभाइबाट मनमुटावको सिर्जना हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
वृश्चिक राशि
दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । बोलीमा माधुर्यता आउनुका साथै लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । व्यवसायमा सफलता पाइने योग छ।
धनु राशि
धर्मकर्मतर्फ मन जानेछ । कृषक वर्गका लागि आजको दिनमा राम्रै आम्दानी गर्न सकिनेछ। लेखनशैलीमा तीव्रता आउनुका साथसाथै सामाजिक कार्यमा समेत समय व्यतीत हुने देखिन्छ।
मकर राशि
श्रृंगारमा मन जानेछ । आकस्मिकरुपमा धन प्राप्त हुने योग छ। तीर्थस्थलको भ्रमण गरिनेछ। काममा भएको लगनशीलताले अपरिचित व्यक्तिले भने तपाईंको प्रशंसा गर्न थाल्नेछन्।
कुम्भ राशि
नयाँ कार्यको थालनी हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनुका साथै शेयर बजारबाट राम्रै आम्दानी गर्न सकिनेछ । पारिवारिक सरसहयोग पाइने योग देखिन्छ।
मीन राशि
बोलीमा कठोरता आउने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन्। लेखनकार्यमा कमी आउनेछ । पारिवारिक कलहले हातमा परेको धन समेत उम्कन सक्ने सम्भावना बढेर गएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया