शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थाल्योः प्रमुख सचेतक घिमिरे

278 Shares

काठमाडौँ ।  नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाउनुभएको छ। 

संसदीय सुनुवाई समितिको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको बताउनु भयो । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गर्ने र कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको बताउनु भयो । उहाँले न्यायालयको न्यायप्रणाली असाध्यै ढिलो भएको बताउनु भयो । एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने जिकिर गर्नुभयो । 

प्रमुख सचेतक घिमिरेले संसदमा बोलेका कुराहरुको बारेमा कतै मुद्दा गर्न पनि नपाइने र कारबाही पनि नहुने स्थिति रहेको बताउनु भयो ।