काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची रहेको छ । प्रतिनिधि सभाको असार ३ गतेको बैठकमा सो विधेयक पारित गर्नेगरी कार्यसूची तय भए पनि अन्तिम समयमा आएर रोकिएको थियो ।
संसद सचिवालयले निर्धारण गरेको कार्यसूची अनुसार सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । सो विधेयकमाथि सांसदहरूले धारणा राखेपछि पारित हुनेछ ।
प्रतिनिधि सभाले सो विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाउने छ । राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा फिर्ता पठाएपछि सभामुखले प्रमाणित गर्नेछन् । सभामुखले प्रमाणित गरेर राष्ट्रपतिसमक्ष पेस गर्ने र प्रमाणीकरणपछि कार्यान्वयनमा आउनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया