284
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकलाई धेरै फुर्ति नदेखाउन चेतावनी दिनुभएको छ ।
प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँले मानव तस्करीको नाममा किन नेपाली जनतालाई लुटेको भन्दै प्रश्न गर्नुभयो ।
गृहमन्त्रीलाई आफूले सोझो ठानेको भएपनि चम्मु बाठो पाएको जिकिर गर्दै उहाँले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणको अनुसन्धान गर्न आफू पनि बच्ने र कमाइ पनि बचाउने गरी छानबिन समिति गठन गर्नुभएको आरोप लगाउनु भयो । उहाँले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया