उच्चस्तरीय छानबिन आयोग नबनेसम्म संसदमा आन्दोलन जारी रहन्छः रास्वपा

279 Shares

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीले संसद अवरोध कायमै राख्ने बताएको छ। 

शनिबार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी गराउँदै पार्टीका सांसद हरिप्रसाद ढकालले सदन अवरुद्ध कायमै रहने बताउनु भयो । 

उहाँले सरकारले बनाएको छानबिन समिति झारो टार्ने र मुद्दा ओझेल पार्न बनाइएको समिति भएको आरोप लगाउनु भयो । आफूहरुको माग उच्चस्तरीय छानबिन समिति भएको र उच्चस्तरीय छानबिन समिति नबनेसम्म आन्दोलन गरिरहने चेतावनी दिनुभयो । समस्या सुल्झाउने गरी र उच्चस्तरीय आयोग नबनेसम्म आन्दोलन कायम रहने उहाँले बताउनु भयो । 

सांसद ढकालले यति लामो समयसम्म रास्वपाको मागको बारेमा सम्बोधन नगरेकाले सदनमा आन्दोलन जारी रहने बताउनु भयो ।