अध्यक्ष नेपालविरुद्धको भ्रष्टाचार मुद्दा अस्वभाविक र राजनीतिक आग्रह प्रेरितः नेकपा एस

359 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अस्वभाविक र राजनीतिक आग्रह प्रेरित रहेको ठहर गरेको छ । 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले यस्तो ठहर गरेको पार्टी सचिव सोमप्रसाद पाण्डेले बताउनुभएको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले अध्यक्ष नेपालमाथि लगाइएको मुद्दा  कानूनी नभई राजनीतिक हो भन्ने निष्कर्षमा पार्टी पुगेको जानकारी दिनुभयो । उहाँले पतञ्जली प्रकरणमा अध्यक्ष नेपालमाथि नभई पतञ्जलीमाथि छानबिन हुन आवश्यक रहेको पनि बताउनु भयो । 

उहाँले अध्यक्ष नेपालमाथिको मुद्दा समग्र कम्युनिस्ट आन्दोलनमाथिकै प्रहार रहेकोसमेत बताउनु भयो । उहाँका अनुसार सचिवालय बैठकले किसानलाई यथाशिघ्र रासयनिक मल वितरण गर्न सरकारसँग मागसमेत गरेको छ । साथै बैठकले पार्टीका नेता, कार्यकर्ताहरुलाई उक्त कार्यमा सक्रियतापूर्वक तयारीका साथ लाग्न अपिल गरेको छ ।