फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित

444 Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् । 

शरदचन्द्र शाह स्मृति फाउण्डेसनले शुक्रबार एक कार्यक्रम आयोजना गर्दै पूर्वफुटबलर शाक्य र नेपाली महिला टोलीकी कप्तान अरूणा शाही सम्मानित भएकी हुन् ।फाउण्डेसनले दुवैलाई एससिएसएमएफ स्पोट्र्स अवार्ड २०२५ र नगद दुई लाख ५० हजार रूपैयाँले सम्मानित गरेको हो । फाउन्डेसनकी अध्यक्ष रेणु शाहलाई अवार्ड र नगद पुरस्कार प्रदान गर्दै उनीहरूलाई सम्मान गरेकी हुन् ।

शरदचन्द्र शाह नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिव भएर काम गरेका थिए । उनी नेपाली खेलकुदकै सफल सदस्यसचिवका रूपमा चिनिन्छन् । सो अवसरमा पूर्वमन्त्री निरन्जन थापाले खेलकुद क्षेत्रमा शरदचन्द्र शाहले गरेको योगदान र उनको व्यक्तित्व बारेमा चर्चा गरेका थिए । नेपाली खेलकुदमा शाहले कसरी विकाश गरेका थिए भन्ने बारे पनि पूर्वमन्त्री थापाले उल्लेख गरे । हरेक दिन नेपाली खेलकुदले मारेको फड्कोले नै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने थापाको भनाइ छ ।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले नेपालको महिला भलिबल उत्कृष्ट योगदान पुर्याउँदै आएकी अरूणालाई सम्मान गरेकोमा धन्यवाद दिँदै नेपाली खेलकुदमा शरदचन्द्र शाहको पालामा धेरै विकास भएको बताए । शरदचन्द्र शाहका नाती शभिर शाहले उपस्थिति सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि नेपाली खेलकुदलाई अगाडि बढाउन काम गर्ने बताए ।