काठमाडौं । २०८२ साल आषाढ १३ गते शुक्रबार । तदनुसार २७ जुन २०२५ । द्वितीया तिथी २९ घडी २४ पला उप्रान्त तृतीया तिथी प्रारम्भ हुनेछ । पुनर्बसु नक्षत्र ११ घडी ३१ पला उप्रान्त तिष्य नक्षत्र प्रारम्भ हुनेछ । ब्याघात योग तैतिल करण आज बिहान सूर्योदय ५ः१२ मा भयो भने सूर्यास्त ७:०२ मिनेटमा हुनेछ। आज शुक्रबार चन्द्रमा कर्कट राशिमा ।
मेष राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ । मानसम्मानमा वृद्धि भएर जानेछ। बोलीमा आएको माधुर्यताले टाढिएका व्यक्तिहरू पनि तपाईंकै नजिक हुने देखिन्छ । भोजभतेरमा सहभागी हुने देखिन्छ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । कार्यमा भएको लगनशीलताले मनमा उत्साह बढेर जानेछ । प्रेमीप्रेमिकाबीचमा धैर्यता छाउनेछ। नयाँ साथीको आगमनले मनमा खुसी छाउने देखिन्छ।
मिथुन राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जाने देखिन्छ । अनावश्यक विवाद बढेर जाने र कुरा काट्नेहरु सक्रिय रहनेछन्। स्वास्थ्यमा उतारचढाव आउनेछ।
कर्कट राशि
बोलीको प्रभाव बढेर जानेछ । नयाँ कार्यको थालनी हुनेछ। विद्यामा भएको सफलताले सबैको प्यारो बनिनेछ। मिष्ठान्न भोजनको अवसर प्राप्त हुँदा मनमा खुसी छाउने छ।
सिंह राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला । अनावश्यक पारिवारिक कलह बढेर जानाले मानसिक तनाव बढेर जाने देखिन्छ ।
कन्या राशि
बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना बढेर गएको देखिन्छ । मुद्दा मामिलामा फसिने योग छ। पारिवारिक कलह बढेर जाने देखिन्छ।
तुला राशि
पराक्रम बढेर जानेछ । कृषक वर्गका लागि आजको दिन उत्तम मान्न सकिनेछ । मातृसुखमा वृद्धि भएर जानेछ । लेखन शैलीमा वृद्धि हुनेछ। आफन्तको सहयोग पाइने योग छ।
वृश्चिक राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । अध्यात्मिक क्षेत्रमा प्रगति भएर जानेछ। साथीभाइको सहयोग पाइने योग छ। नयाँ कार्यको थालनी हुनाले मनमा खुसी छाउने देखिन्छ।
धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ। शैक्षिक क्षेत्रमा कमी आउनेछ । वैदेशिक कार्यमा बाधा आउनुका साथै पारिवारिक समस्याले सताउनेछ।
मकर राशि
व्यवसायिक क्षेत्रमा सफलता पाइने योग छ । राजनीति क्षेत्रमा प्रगति भएर जानेछ। बौद्धिक कार्यमा सफलता पाइनुका साथै कार्यमा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
कुम्भ राशि
अर्काले गरेका गल्तीको आफूले सजाय भोग्नुपर्ने देखिन्छ । कुरा काट्नेहरु सक्रिय रहनेछन्। चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने योग छ।
मीन राशि
शैक्षिक कामहरू पूरा भएर जानेछन् । लामो समयदेखि रोकिएका कामहरू पूरा भएर जानेछन्। धर्मकर्मतर्फ मन जानाले खुसी छाउने छ। बोलीमा मिठास आउनेछ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया