काठमाठडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजाति, भाषाभाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आइतबार आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ वीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले यस्ताे बताउनुभएकाे हाे । पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको बताउनुभययाे। पार्टीभित्र आफूभन्दा अघिल्ला दुई पुस्ता र पछिल्ला दुई पुस्ता सक्रिय रहेको र विगतमा सबै जातजाति र भाषा-भाषीलाई जोड्ने शक्तिको रूपमा काम गरेझैँ अब सबै पुस्तालाई जोड्ने सामथ्र्य पनि राख्नुपर्नेमा जाेड दिनुभएकाे छ। यसका लागि नयाँ पुस्तालाई पार्टीमा स्वागत मात्र गरेर नपुग्ने भन्दै उनीहरूको कुरा सुन्ने र दृष्टिकोण बुझ्ने धैर्यता पनि राख्नुपर्ने बताउनुभयो ।
नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा मात्र सीमित राख्न नहुने सभापति थापाको तर्क छ । पछिल्लो समय समाजमा बढ्दै गएको पुस्तान्तरणको खाडलप्रति सचेत गराउनुभयाे । ६०–६५ वर्ष नाघेका नागरिकलाई ‘वर्ग शत्रु’ का रूपमा चित्रण गर्ने सोच गलत भएको बताउनुभएकाे छ। यस्ता नकारात्मक चिन्तनबाट समाजलाई मुक्त राख्ने जिम्मेवारी कांग्रेसकै भएको उहाँले बताउनुभयाे । विगतको संविधान सभा कालखण्डमा समाज जातीय आधारमा विभाजित हुन लागेको स्मरण गर्दै सभापति थापाले कांग्रेसले नै सबैको पहिचान र सम्मानलाई स्थापित गर्दै मुलुकलाई जोगाएको दावी गर्नुभएकाे छ ।
सभापति थापाले अब कांग्रेसले ‘सबै पुस्ता बराबर हुन्’ भन्ने मान्यतालाई पार्टीभित्र र समाजमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयाे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया