२०८२ साल आषाढ १२ गते बिहीबारः यस्ताे छ आजकाे राशिफल

415 Shares

काठमाडाैं ।  २०८२ साल आषाढ १२ गते बिहीबार । तदनुसार २६ जुन  २०२५ । प्रतिपदा तिथी  २३ घडी ५० पला उप्रान्त द्वितीया तिथी प्रारम्भ  हुनेछ । आरद्रा नक्षत्र १३ घडी ११ पला उप्रान्त पुनर्बसु  नक्षत्र प्रारम्भ हुनेछ । ध्रुव योग बायब करण आज बिहान सूर्योदय ५ः१२ मा भयो भने सूर्यास्त ७:२ मिनेटमा हुनेछ। आज बिहीबार चन्द्रमा मिथुन राशिमा ।

मेष राशि
आकस्मिकरूपमा आयमा वृद्धि भएर जानेछ । बोलीमा सुधार आउनेछ । लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउनाले मनमा उत्साह बढेर जाने देखिन्छ।

वृष राशि
मानसम्मानमा आघात पुग्नेछ । बोलीमा कठोरता आउने देखिन्छ । साथीभाइबाट प्राप्त अपहेलानाले मानसिक तनाव बढेर जानेछ । साथै विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्ने देखिन्छ।

मिथुन राशि
पराक्रम बढेर जानेछ । कृषि तथा पशुपालनबाट राम्रै आम्दानी गर्न सकिनेछ । पारिवारिक सरसहयोगले लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।

कर्कट राशि
काममा ढिलासुस्ती भएर जानेछन् । अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्ने देखिन्छ। पठनपाठनमा बाधा आउने देखिन्छ । झुटा आरोपको समेत सामना गर्नुपर्दा मानसिक तनाव बढेर जानेछ।

सिंह राशि
जग्गा जमिनसम्बन्धी काममा सफलता पाइने योग छ । दाजुभाइमा सरसहयोग मिल्नाले नयाँ कार्यको थालनी हुनेछ। भोजभतेरमा सहभागी हुने अवसर मिल्नाले मनमा उत्साह बढेर जाने देखिन्छ।

कन्या राशि
मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मनमा चिन्ता बढेर जानेछ । लेखन शैलीमा कमी आउने देखिन्छ । मानसम्मानमा समेत आघात पुग्नेछ। 

तुला राशि
जागिरमा वादविवादको सामना गर्नुपर्नेछ । गरिरहेको काममा बाधा आउनेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । राज्यपक्षबाट समेत केही स्पष्टता पाइने हुँदा सजगता अपनाउनुहोला।

वृश्चिक राशि
शेयर कारोबारबाट राम्रै आम्दानी गर्न सकिनेछ। स्वास्थ्यमा सुधार भएर जानेछ। । पैत्रिक सम्पत्तिमा वृद्धि हुनुका साथै कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । सजगता अपनाउनुहोला।

धनु राशि
मानसम्मानमा वृद्धि भएर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने देखिन्छ । शैक्षिक क्षेत्रमा सुधार भएर जाने योग छ।

मकर राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनु पर्नेछ। घरायसी काम कार्यबाट असफलता पाइने योग छ । विश्वास गरेकाबाट असफलता पाइने हुँदा सजग रहनुहोला।

कुम्भ राशि
लामो समयदेखि राेकिएका कामहरुमा पुनः पूर्णता मिल्नेछ । पतिपत्नीबीच माधुर्यता छाउने छ । लेखनशैलीमा तीव्रता आउनुका साथै भोजभतेरमा सहभागी भइने योग छ।

मीन राशि
स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । पशु तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। वैदेशिक कार्यबाट लाभ लिन सकिनेछ। शत्रु पक्षबाट तपाईंकै जित हुने देखिन्छ।