काठमाडौं । २०८२ साल असार ८ गते आइतबार । तदनुसार २२ जुन २०२५ द्वादशी तिथी ४४ घडी ५६ पला उप्रान्त त्रयोदशी तिथी प्रारम्भ हुनेछ । भरणि नक्षत्र २६ घडी ४९ पला उप्रान्त कृतिका नक्षत्र प्रारम्भ हुनेछ । सुकर्म योग बायब करण आज बिहान सूर्योदय ५ः१० मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ। आज आइतबार चन्द्रमा मेष राशिमा ।
मेष राशि
सौभाग्यमा वृद्धि भएर जानेछ गरिरहेको काममा सफलता मिल्नुका साथै जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ । चल अचल सम्पत्ति प्राप्त हुनुका साथै मांगलिक कार्यमा सहभागी भइनेछ।
वृष राशि
मानसम्मानमा आघात पुग्नेछ। रोजगारीमा बाधा आउनुका साथै थोरै कुरामा समेत विवादको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यमा गडबढ आउने योग छ।
मिथुन राशि
पारिवारिक कलह बढेर जानेछ । शत्रुपक्षबाट जोगिनुपर्नेछ। आर्थिक क्षेत्रमा केही उतारचढाव आउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।
कर्कट राशि
व्यापार व्यवसायमा सुधार भएर जानेछ । शेयर बजारबाट राम्रै आम्दानी गर्न सकिनेछ । दाजुभाइको सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ।
सिंह राशि
बोलीमा सुधार आउने देखिन्छ । नयाँ साथीको आगमनले कार्यमा थप हौसला प्राप्त हुनुका साथै कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । राजनीति क्षेत्रमा तपाईंकै जित हुने देखिन्छ।
कन्या राशि
जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । पारिवारिक सुख पाइने योग छ । आकस्मिकरुपमा धनलाभ मिल्नुका साथै भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।
तुला राशि
झुट्टा आरोपको सामना गर्नुपर्नेछ । दौडधुपमा समय व्यतीत हुनेछ । आफन्तमा कलह बढेर जाने देखिन्छ । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।
वृश्चिक राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । अधुरा कामहरू पूरा भएर जानेछ। । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनुका साथै मिष्ठान्न भोजनको अवसर जुट्नेछ।
धनु राशि
न्यायीक कार्यमा बाधा आउनेछ । शैक्षिक क्षेत्रमा समस्या उत्पन्न हुने योग छ। अनावश्यकरुपमा वादविवादकाे सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जाने देखिन्छ।।
मकर राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा आएको मिठासले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। । गरिरहेको काममा सफलता प्राप्त हुनाले मनमा उत्साह उमङ्ग बढेर जाने देखिन्छ।
कुम्भ राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ । अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने योग छ । पठनपाठनमा बाधा हुनाले मानसिक तनाव बढेर जानेछ।
मीन राशि
अधुरा काम पूरा हुनुका साथै नयाँ काम पाइने योग छ । नोकरीमा सफलता प्राप्त हुनेछ। आकस्मिकरुपमा धन मिल्नाले मनमा खुसी छाउने छ। साथीभाइको सरसहयोग पाइने योग छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया