योगको सम्बन्ध इजरायल र इरानबीच चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्धित छः प्रधानमन्त्री

283 Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्ने कुरासँग सम्बन्धित रहेको बताउनुभएको छ। 

शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग योगको सम्बन्ध रहेको बताउनु भयो । 

योगको सम्बन्ध परलोकसँग नभइ यही लोकसँग सम्बन्धित रहेको जिकिर गर्दै उहाँले यदि नियम मानिँदैन भने जति आसन र प्राणयाम गरे पनि समाजका लागि फाइदा नहुने बताउनु भयो । उहाँले कर्मयोग र कर्मठ योगबिना समाजलाई फाइदा हुन नसक्ने बताउनु भयो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले हात, पाउ खियाएको जिन्दगी बाँच्न सुझाव दिनुभयो । उहाँले आफ्नो आचरणमा, यम नियममा ज्ञान दिनुपर्ने सुझाव दिनुभयो ।