२०८२ साल असार ७ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

278 Shares

काठमाडाैं । २०८२ साल असार ७ गते शनिबार । तदनुसार २१ जुन २०२५ एकादशी तिथी ।   ५१ घडी ८ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ  हुनेछ । अश्विनी  नक्षत्र ३१ घडी १ पला उप्रान्त भरणि  नक्षत्र प्रारम्भ हुनेछ । आज बिहान सूर्योदय ५ः१० मा भयो भने सर्यास्त ७:०१ मिनेटमा हुनेछ। आज शनिबार चन्द्रमा मेष राशिमा । 

मेष राशि
बोलीमा केही कठोरता आउने देखिन्छ। शैक्षिक क्षेत्रमा बाधा आउनेछ। पैत्रिक सम्पत्तिको विषयलाई लिएर केही वादविवादको सिर्जना नहोला भन्न सकिँदैन । धनमाल हराउने योग छ।

वृष राशि
व्यापार व्यवसायमा सफलता मिल्ने देखिन्छ । अधुरा कामहरू पूरा भएर जानेछन् । साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुनाले मनमा उत्साह बढेर जाने योग छ।

मिथुन राशि
राजनीतिक कार्यमा समस्या आउने देखिन्छ। पारिवारिक कलह बढेर जानेछ । जागिरमा अपजसको सामना गर्नुपर्ने देखिन्छ । शारीरिक समस्याले सताउने देखिन्छ। वैदेशिक कार्यमा बाधा आउनेछ।

कर्कट राशि
व्यर्थमा झैझगडाको सामना गर्नुपर्नेछ । कृषि कार्यमा घाटा बेहोर्नु पर्ने देखिन्छ। अनावश्यकरुपमा साथीभाइमा वादविवादको सामना गर्नुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ।

सिंह राशि
मानसम्मान पाइने योग छ । सिर्जनात्मक क्षेत्रमा समय व्यतित हुनेछ । शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। पारिवारिक सरसहयोगले गर्दा रोकिएका कामहरू पूरा भएर जानेछन्।

तुला राशि
मातृ स्वास्थ्यमा कमी आउनेछ । दाजुभाईमा कलह बढेर जानेछ । पितासँग वैचारिक मतभेद रहने देखिन्छ। शेयर कारोबारमा घाटा पर्नुका साथसाथै राज्यपक्षबाट समेत केही कष्टता पाइने योग छ।

वृश्चिक राशि
कार्यमा बाधा आउनेछ । पठनपाठनमा ह्रास आउनुका साथै लेनदेनमा विवादको सामना गर्नुपर्ने देखिन्छ । मातृसुखमा कमी आउनुका साथसाथै बोलीमा कठोरता आउने देखिन्छ।

धनु राशि
अध्ययन अध्यापनमा सफलता पाइनेछ । आर्थिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ। पारिवारिक सरसहयोगले कार्यमा उत्साह उमङ्ग बढेर जानाले सबैको प्यारो बनिनेछ।

मकर राशि
स्थायी सम्पत्तीमा वृद्धि भएर जाने देखिन्छ । सिर्जनात्मक काममा समय व्यतीत हुने देखिन्छ ।आध्यात्मिक कार्यमा मन जानुका साथै लेखन शैलीमाथि तिव्रता आउने देखिन्छ।

कुम्भ राशि
पारिवारिक कलह बढेर जानेछ । मुद्दा मामिलामा फसिने योग छ। पठनपाठनमा कमी आउनाले मानसिक तनाव बढेर जानुका साथै सञ्चित धनको नाश हुने योग छ।

मीन राशि
मांगलिक कार्यमा सहभागी भइनेछ । विपरीत लिङ्गीको सहयोगबाट काममा सफलता पाइनुका साथै सौन्दर्यतामा समेत मन जाने योग छ। रोकिएका कामहरु पूरा भएर जानेछन्।