बजेटको आकार सन्तुलित छः अर्थमन्त्री

301 Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार सन्तुलित रहेको बताउनुभएको छ । 

प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पुँजीगत खर्च चालु आर्थिक वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि गरिएको बताउनु भयो । 

अन्तरसरकारी वित्त हस्तान्तरणमा आयोगले निर्धारण गरेको वित्त आयोगबाट निर्धारण गरिएको सीमा भन्दा करिब ४ अर्बले वृद्धि गरिएको जानकारी दिनुभयो । आम्दानीको मुख्य श्रोत राजश्वले समग्र खर्चको करिव ६७ प्रतिशत धान्ने गरीकन बजेट प्रश्ताव गरिएको बताउनु भयो । 

अर्थमन्त्री पौडेलले आम्दानीतर्फ राजश्व अनुमान संशोधित लक्ष्यको तुलनामा १६ प्रतिशतले वृद्धि प्रश्ताव गरिएको बताउनु भयो ।