काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटले अनुमान गरेको जस्तो आम्दानी हुन नसक्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा “आर्थिक वर्ष २०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल”मा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय अनुदान आफूहरूले प्रस्ताव गरेअनुसार अनुदान आउने अवस्था नरहेको र वैदेशिक ऋण पनि सोही हिसाबले कार्यान्वयन हुने अवस्था नरहेको बताउनु भयो ।
राजश्वको लक्ष्यलाई पूरा गर्न पनि कठिन रहेको बताउँदै त्यसमा सरकारले मिहिनेत गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेसका प्रवक्तासमेत रहनुभएका डा. महतले बजेटमा उल्लेख गरिएको आम्दानीको स्रोत जुटाउन गाह्रो हुनेमा दुई मत नरहेको स्पष्ट पार्नुभयो ।
आगामी बजेटले सामाजिक सुरक्षा भत्तामा समसामयिकरूपमा सुधार गरेर केही बचत गर्ने कोशिस गरेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया