सुनको भाउ चार सयले बढ्यो, कतिमा हुँदैछ काराेबार ?

333 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य चार सयले बढेकाे छ । 

शुक्रबार एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ। 

यता आज चाँदीको मूल्य भने स्थिर  छ। शुक्रबार तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेकोमा आज पनि साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएको छ ।