विमान दुर्घटना उड्डयन इतिहासकै सबैभन्दा खराब दुर्घटनाः ट्रम्प

346 Shares

काठमाडौं । अहमदाबाद विमान दुर्घटनालाई उड्डयन इतिहासको सबैभन्दा खराब दुर्घटनाहरूमध्ये एक भएकाे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा भारतको अहमदाबादमा भएको विमान दुर्घटनालाई उल्लेख गर्दै ट्रम्पले भने, "विमान दुर्घटना भयानक थियो । मैले उनीहरूलाई भनेको छु कि हामी जे गर्न सक्छौँ गर्नेछौँ । भारत एक ठूलो र बलियो देश हो । मलाई विश्वास छ कि उनीहरूले यसलाई सम्हाल्नेछन् ।"

बिहीबार दिउँसो अहमदाबादमा एयर इन्डियाको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २४१ जनाको मृत्यु भएको छ । विमान उडान भरेको केही समयपछि नै आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो ।

विमानमा कुल २४२ जना सवार थिए । भारतका गृहमन्त्री अमित शाहले विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य रहेको बताएका छन् ।एजेन्सी