428
Shares
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ। चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया