विपक्षी दलहरुलाई सभामुखको आग्रहः 'संसद प्राणहीन बनाउने काम नगर्नुस्'

312 Shares

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद प्राणहीन बनाउने कामहरु नगर्न सांसदहरुसँग आग्रह गर्नुभएको छ। 

प्रतिनिधि सभाको बुधबारको बैठकमा विपक्षी राजनीतिक दलहरुले संसद अवरुद्ध बनाएसँगै सभामुख घिमिरेले यस्तो आग्रह गर्नुभएको हो । उहाँले देशका समस्याहरु समाधान गर्ने सर्वोच्च निकाय संसद भएकाले छलफलको वातावरण बनाउन आग्रह गर्नुभयो । 

उहाँले सभा सञ्चालन नभएसम्म संसदले गर्ने काम अघि बढ्न नसक्ने बताउनु भयो । दुई साता यता भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी राजनीतिक दलहरुले संसद अवरोध गर्दै आएका छन् । 

विपक्षी राजनीतिक दलहरुको अवरोधपछि प्रतिनिधि सभाको बैठक बिहीबार ३ बजेलाई बोलाइएको छ ।