एक हजार तीन सयले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

345 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेकाे छ। आइतबार ताेलामा तीन हजारले घटेकाे  सुन साेमबार एक सयले घटेकाे थियाे भने मंगलबार ६ सयले घटेकाे थियाे  । तर आज भने एक हजार तीन सयले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार तीन सयमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने आज स्थिर छ । महासङ्घका अनुसार आज चाँदी ताेलामा दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।