सुनकाे मूल्यमा ६ सयकाे गिरावट, कतिमा हुँदैछ काराेबार ?

410 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। आइतबार ताेलामा तीन हजारले घटेकाे  सुन साेमबार एक सयले घटेकाे थियाे भने आज ६ सयले घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजारमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने आज बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी ताेलामा १५ रुपैंयाँले बढेर दुई हजार १६५ रुपैयाँमा कारोबार भइरहेको छ ।