सुनकाे मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ काराेबार ?

294 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेकाे छ। आइतबार ताेलामा तीन हजारले घटेकाे  सुन आज एक सयले घटेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने आज बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी ताेलामा ५ रुपैंयाँले बढेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।