आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

336 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ७१ पैसा र बिक्रीदर १३७ रुपियाँ ३१ पैसा कायम गरेको छ।

युरोपियन युरो एकको खरिद दर १५५ रुपियाँ ७८ पैसा र बिक्रीदर १५६ रुपियाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिद दर १८४ रुपियाँ ९० पैसा र बिक्रीदर १८५ रुपियाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १६६ रुपियाँ ३८ पैसा र बिक्रीदर १६७ रुपियाँ ११ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपियाँ ७६ पैसा र बिक्रीदर ८९ रुपियाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपियाँ ८४ पैसा र बिक्रीदर १०० रुपियाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०६ रुपियाँ २ पैसा र बिक्रीदर १०६ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी जापानी येन १० को खरिद दर नौ रुपियाँ ४४ पैसा र बिक्रीदर नौ रुपियाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिद दर १९ रुपियाँ २ पैसा र बिक्रीदर १९ रुपियाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३६ रुपियाँ ४५ पैसा र बिक्रीदर ३६ रुपियाँ ६१ पैसा, कतारी रियाल एकको खरिद दर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६८ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपियाँ १७ पैसा र बिक्रीदर चार रुपियाँ १९ पैसा, युएई दिराम एकको खरिद दर ३७ रुपियाँ २२ पैसा र बिक्रीदर ३७ रुपियाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३२ रुपियाँ ३४ पैसा र बिक्रीदर ३२ रुपियाँ ४८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर १० रुपियाँ ५ पैसा र बिक्रीदर १० रुपियाँ ९ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपियाँ १७ पैसा र बिक्रीदर १४ रुपियाँ २४ पैसा र डेनिस क्रोनर एकको खरिद दर २० रुपियाँ ८९ पैसा र बिक्रीदर २० रुपियाँ ९८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १७ रुपियाँ ४२ पैसा र बिक्रीदर १७ रुपियाँ ५० पैसा, कुवेती दिनार एकको खरिद दर ४४५ रुपियाँ ४५ पैसा र बिक्रीदर ४४७ रुपियाँ ४१ पैसा, बहराइन दिनार एकको खरिद दर ३६२ रुपियाँ ६३ पैसा र बिक्रीदर ३६४ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिद दर ३५५ रुयैयाँ ७ पैसा र विक्रिदर ३५६ रुपियाँ ६३ पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिद दर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।रासस