नेप्से परिसूचक ११.०६ अंकले घट्याे, ९ अर्ब १३ करोडको कारोबार

319 Shares

काठमाडौं । साताको पहिलो शेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ११.०६ अंकले घटेर २ हजार ६२९.८९ विन्दुमा अडिएको छ।

बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २ हजार ६४०.९६ विन्दुमा अडिएको थियो। 

आज ३१३ स्क्रिप्सको १ करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ९ अर्ब १३ करोड ७४ लाख  १४ हजार ९१८ रुपैयाँमा खरिदबिक्री भए । दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

चिलिमे हाइड्रोपावर र  छ्यांदी हाइड्रोपावरको शेयर ८:०१ /८:०१ अंकले बढ्दा  हिमालयन पावरको ७.९५ प्रतिशतले बढ्यो । आज ओम मेघाश्री फरमाक्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाए । सो कम्पनीको शेयर १० प्रतिशतले ओरालो लाग्यो। 

कारोबार रकमका आधारमा राधी विद्युत शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ७२ करोड ९५ लाख मूल्य बराबरको शेयर कारोबार भयो। 

कारोबारमा आएकामध्ये ८६ वटा स्टक्सको मूल्य बढ्दा १६२ वटाको घटयो । दुई समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन् । होटेल्स एण्ड टुरिजम र हाइड्रोपावरको उपसूचक सकारात्मक देखिएका हुन् ।