सुनकाे मूल्य स्थिर, चाँदीकाे बढ्याे, कतिमा हुँदैछ काराेबार ?

359 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ। बिहीबार ताेलामा पाँच सयले बढेकाे सुन आज स्थिर भएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य भने आज बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी ताेलामा ७५ रुपैंयाँले बढेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।