नेप्से परिसूचक ५.९९ अंकले घट्याे, ७ अर्ब ९७ करोडकाे काराेबार

318 Shares

काठमाडौं । साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ। 

नेप्से परिसूचक ५.९९ अंकले घटेर २ हजार ६४०.९६ विन्दुमा अडिएको हाे । बुधबार नेप्से परिसूचक ११ .९७ अंकले घटेर २ हजार ६४६.९५ विन्दुमा झरेकाे थियो। 

नेप्से अंकले घटे पनि कारोबार रकम बुधबारको तुलनामा बढेको छ। आज ३११ स्क्रिप्सको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता शेयर ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६६३ रुपैयाँमा खरिदबिक्री भए।

आज तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । रिभर फल्स पावर, बुटवल पावर र पियोर इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस्तै ओम मेघाश्री फरमाक्युटिकल्सका लगानीकर्ताले सर्वाधिक गुमाए। सो कम्पनीको शेयर ९.३० प्रतिशतले घटयो । कारोबार रकमका आधारमा राधी विद्युत शीर्षस्थानमा रह्यो । सो कम्पनीको ९१ करोड २३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।