काठमाडाैं । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले उद्यमीहरुले अहिले पनि १ करोडसम्म ऋण लिँदा दुःख पाएको बताउनुभएको छ ।
सोमबार अर्थ समितिमा भएको बाफियासम्बन्धी छलफलमा उहाँले त्यस्ता ऋणीहरुलाई बैंकहरुले दुःख दिने गरेको बताउँदै राष्ट्र बैंकको गम्भीर ध्यान जानुपर्ने बताउनुभएको हो । उहाँका अनुसार साना, मझौला उद्योगहरु चलायमान नभएसम्म अर्थतन्त्र सही दिशामा जान सक्दैन ।
त्यसैले सहजरुपमा ऋण लिने वातावरण हुनुपर्छ । कार्कीले बाफिया महत्व विधेयक रहेपनि यसमा सुधारकाे आवश्यकता रहेको बताउनु भयो । जनता लाभान्वित हुनेगरी विधेयक छिटो पास गर्ने दिशामा अघि बढ्नुपर्ने उहाँको भनाइ छ । काँग्रेस सांसदसमेत रहनुभएका कार्कीले बैंकर र ब्यापारीबीच फरकबारे अन्तर्राष्ट्रिय अभ्यास हेरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया