सिमित व्यक्तिहरुको हातमा ऋण गएको गभर्नरको आशंका

436 Shares

काठमाडाैं । गभर्नर डा.विश्वनाथ पौडेलले केही व्यक्तिहरुको हातमा ऋण गएको आशंका व्यक्त गर्नुभएको छ । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक बाफियामाथिको अर्थ समितिमा सोमबार भएको छलफलमा बोल्दै उहाँले यसबारे बाफियासम्बन्धी कानून बनाउँदा सांसदहरुले विचार पुर्याउन जरुरी रहेको बताउनुभएको हो । उहाँका अनुसार हालैको अध्ययनले १९ लाख ४० ऋणीमध्ये ०.०१ प्रतिशतले ३.९ प्रतिशत ऋण प्रयोग भएको देखाएको छ । ऋण प्रवाहको प्रक्रिया हेर्दा  ऋण एक हदसम्म केन्द्रिकृत हुँदै गएको हो की भन्ने कन्सन्स रहेको बताउँदै यसलाई पनि सांसदहरुले हेर्नुपर्ने बताउनु भयो ।  

पौडेलका अनुसार सञ्चालकले कर्जा लैजान पाउने की नपाउने ? कति लैजान पाउने ? सञ्चालक भनेको के हो ? बैंक चलाउने मान्छे र व्यवसायीबीचको फरक आवश्यक हो वा होइन ? अरु देशमा छ भने नेपालमा पर्छ पर्दैन ? देशमा भइरहेको जे स्थिती छ त्यसमा ऋणको प्रवाहदेखि स्वार्थको द्वन्द्वबाट उत्पन्न परिस्थितीका बारेमा पनि बाफिया विधेयक बनाउँदै गर्दा संसदले नै आवश्यक निर्णय लिनुपर्छ । कतिपय अहिले देखापरेका चुनौतीलाई कानूनीरुपमा निरुपण गरिनुपर्ने उहाँँको भनाइ छ । 

गभर्नर पौडेलका अनुसार कर्जा प्रवाह र ऋणीको हक अधिकारको कुरा सबैभन्दा ठूलो कुरा हो । यो स्पष्ट ढंगले वाफियामा परिभाषित गर्नुपर्छ ।