बजेट परम्पराको निरन्तरता मात्रै होः पूर्वअर्थमन्त्री शर्मा

326 Shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले ल्याएको बजेट परम्पराको निरन्तरता मात्र भएको प्रतिक्रिया दिनुभएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसद्मा पेस गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै पूर्वअर्थमन्त्री समेत रहनुभएका शर्माले बजेट देशको आर्थिक समस्या समाधान गर्ने खालको नआएको बताउनु भयो । 

उहाँले देशको अर्थतन्त्रको समस्या समाधान गर्न समग्र अर्थ प्रणालीकै पुनःसंरचना गर्नुपर्ने भएपनि त्यस स्तरबाट नआएको बताउनु भयो ।