सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौनः पूर्वअर्थमन्त्री महत

335 Shares

काठमाडाैं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकारका अनावश्यक संरचनालाई हटाउने र सेवाप्रवाहलाई प्रभावकारी बनाउने विषयमा बजेट मौन रहेको टिप्पणी गर्नुभएको छ । 

अर्थमन्त्री विष्णु पौडेलले बिहीवार संसदमा पेश गर्नुभएको आर्थिक वर्ष ०८२/८३ को बजेटबारे प्रतिक्रिया दिँदै सांसद महतले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले  बजेट सरकारी संरचनाहरुलाई छिटो छरितो बनाउने कुरालाई सम्बोधन गर्न नसकेको बताउनु भयो । 

स्थानीय मदिराको  ब्राण्डिङ तथा व्यावसायीकरणको विषय समेत बजेटले सम्बोधन गर्न नसकेको बताउनु भयो । आफू अर्थमन्त्री भएको समयमा कार्यविधि समेत अगाडि बढिसकेको भएपनि आगामी आर्थिक वर्षको बजेटमा स्थानीय मदिरा ब्राण्डिङको विषयमा मौन रहेको उहाँको टिप्पणी छ । उहाँले वितरणमुखी योजना हटाउन तीनभन्दा तलका योजनाहरु नराख्ने सरकारको निर्णय स्वागतयोग्य रहेको बताउनु भयो ।