सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब ५२ करोडकाे काराेबार

378 Shares

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  मंगलबार झिनो अंकले बढेको छ । नेप्से ०.८५ अंकले बढेर २ हजार ६७५.६२ विन्दुमा पुगेको हाे । 

आज ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ४९ लाख ९९ हजार ३९४ कित्ता शेयर कारोबार भएको छ । ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ । 

आज दिनभरमा ३१८ वटा कम्पनीको शेयर ५९ हजार ६३३ पटक किनबेच भएको छ । १३ वटा समूहमध्ये ६ वटा समूह बढेको छ भने बाँकी ७ वटा समूह घटेको छ ।