ग्लोबल आइएमई बैंकद्वारा ‘ग्लोबल स्काई क्लव कार्ड’ सार्वजनिक, पहिलो टिकट किन्दा शतप्रतिशत क्यासव्याक

305 Shares

काठमाडौँ । ग्लोबल आइएमई बैक लिमिटेडले यति एयरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लव कार्ड’ शुभारम्भ गरेको छ । 

काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्तरुपमा उक्त कार्डको अनावरण गर्नुभएको छ । ग्लोवल स्काई क्लव कार्डवाहकहरुले यति एयरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छुट पाउनुहुनेछ भने यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याकस्वरुप निःशुल्क टिकट पाइने बताइएको छ । 

साथै ग्लोबल स्काई क्लव कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ । बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाहरुको लागि प्रयोग गर्न सकिनेछ । ग्लोवल स्काई क्लव कार्डमार्फत पोस वा ई–कमबाट हुने कारोबारमा पनि प्रत्येक एक सय रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुने ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले बताउनु भयो । 

कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौलभन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने उहाँको भनाइ छ ।