काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मुलुकको बजेट संरचना असहज बन्दै गएको बताउनुभएको छ।
शुक्रबार मणिकर कार्कीको पुस्तक अर्थदृष्टि लोकार्पण समारोहमा बोल्दै उपाध्यक्ष पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले देशमा सामाजिक सुरक्षा र राज्यका अन्य सेवा–सुविधा खर्चहरू अत्याधिक भएको कारण मुलुकको विकासका लागि आवश्यक पुँजी अभाव सिर्जना हुने खतरा रहेको बताउनु भयो । आर्थिक वर्षको बजेटको आधा ऋण र व्याज तिर्न र बाँकी सामाजिक सुरक्षामै सकिने भएका कारण आर्थिक समृद्धि हासिल गर्न चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ ।
उपाध्यक्ष पाण्डेले नेपालको अर्थतन्त्रको संरचनालाई सुधार्न ‘साहसिक निर्णय’ आवश्यक रहेको पनि बताउनु भयो । सरकारी कर्मचारीको सुविधा कटौती गरे विद्रोहको खतरा हुने र कर वृद्धिद्वारा समाधान खोज्न पनि गाह्रो भएको कारण वर्तमान अवस्थाबाट बाहिर निस्कन निकै कठिन हुने उहाँको बुझाई छ।
सामाजिक सुरक्षा खर्चको अनियमित विस्तारले आर्थिक श्रोतहरू विकास निर्माणतर्फ केन्द्रित गर्न कठिन भइरहेको पाण्डेले बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया