आज १ हजार ७०० ले बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

379 Shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेकाे  छ । बुधबार ५ हजारले बढेकाे सुन आज १ हजार ७०० ले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी ३५ रुपैयाँले बढ्दै दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।