आज ह्वात्तै बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

367 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेकाे  छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा पाँच हजारले बढ्दै एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज बढेकाे छ । महासङ्घका अनुसार आज चाँदी ५० रुपैयाँले बढ्दै एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।