काठमाडाैं । कृषि, सहकारी तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिएको बताउनुभएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा सांसदहरुले सोधेका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्ममा तरकारी तथा फलफूलका पाँच लाख श्रोत बेर्ना, बिरुवा नर्सरी तथा श्रोत केन्द्रहरुलाई विशेषगरी उपलब्ध गराउने लक्ष्य रहेको बताउनु भयो ।
जसमा १५ लाख ६ सय ९२ बेर्ना, बिरुवा विक्री वितरण गरिसकिएको र बाँकी लक्ष्य जेठ र असारमा सम्पन्न हुने जानकारी दिनुभयो । नेपालमा मुलतः स्याउ, ओखर, मेवा, अंगुर, नरिवल, अनार जस्ता फलफूलहरु भारत, चीन लगायतका मुलुकहरुबाट आउने गरेको बताउनु भयो ।
उहाँले चालु आ.व. ०८१/०८२ मा चैत्र महिनासम्म खाद्यान्नको आयात ४७.८ अर्ब रहेको भन्दै निर्यात ६.२ करोड रहेको बताउनु भयो । खाद्यान्न बालीमा व्यापार घाटा ४७.७ अर्ब, तरकारी बालीको आयात ३१.५२ अर्ब र निर्याततर्फ ४०.८२ करोड देखिएको बताउनु भयो । फलफूल बालीको आयात १८.२ अर्ब र निर्यात १.७ करोड रहेको बताउँदै मन्त्री अधिकारीले सबै बालीहरुको उत्पादन सामान्यरुपमा बढ्ने प्रारम्भिक अनुमान रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया